|

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न सुरु गरेको छ।

१ लाख ८० हजार थान नमुना मतपत्र छपाइको काम सकिएसँगै आयोगले सोमबारदेखि जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

कूल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने उनले बताए। पौडेलका अनुसार सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पाको हुनेछ भने सबै भन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ।

सबैभन्दा पहिले मतपत्र दुर्गम ठाउँको छापिने र पछि मात्रै सुगमको छापिने उनले जानकारी दिए। ढुवानीका हिसाबमा दुर्गम ठाउँमा जान धेरै समय लाग्ने र बढी मतपत्र बिग्रिहाले तथा थप मतपत्र चाहिने अवस्था भएकाले मनाङ, हुम्ला तथा जुम्लालगायतका जिल्लामा ८ देखि १० प्रतिशत मतपत्र जगेडाका लागी बढी छापिने उनले बताए।

आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ। 

सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका हुन्। 

आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.