|

पर्सा : सत्ता गठबन्धन दलका स्थानीय नेता कार्यकर्तालाई अहिले मतदातासँग भोट माग्न घर–घरमा गइरहेका छन्।

तर, उनीहरु आफ्नै चुनाव चिन्नमा भोट माग्न भने अलि हिच्किचाउँछन्।

परबाट छ्याङ्ग देखिने गरी आफ्नै चुनाव चिन्न अंकित ब्यानर बोकेर घरदैलो कार्यक्रम गरिरहे पनि उनीहरु मतदातासँग आफ्नै पार्टीको चुनाव चिन्हमा भोट माग्न भने सक्दैनन्।

उनीहरुले आफ्नो पार्टीको नीति र सिद्धान्त अनुसार आफ्नै पार्टीको चुनाव चिन्हमा भोट दिनुस्, भनी जनता माझ सिधै धक फुकाएर भोट माग्न नसक्नुको कारण बनेको छ गठबन्धन नामको गाँठो।

सत्ता प्राप्तिका लागि केन्द्रका नेता गठबन्धनकै राग अलापेर जाने निष्कर्षमा पुगे पनि स्थानीय नेता कार्यकर्तालाई निकै सकस भएको छ।

घरदैलो गर्नुपूर्व भगवतीको शरण 

देशकै सबैभन्दा पुरानो पार्टी दाबी गर्ने सत्ता नेतृत्वकर्ता नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ता पनि अहिले ठाडै रुखमा भोट माग्न सक्दैनन्।

बरु घरदैलो गर्नुपूर्व मन्दिरमा भगवानको शरण परी अनि अभियानमा जुट्दैछन्।

‘स्थानीय तहको निर्वाचनमा समेत हाम्रो पार्टीको चुनाव चिन्हमा भोट दिनुस् भनी मतदातासँग भन्न नसक्नु निकै विडम्बना भएको घरदैलो कार्यक्रममा सहभागी नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताले थाहाखबरसँग बताए।

घर दैलो कार्यक्रममा सहभागी मध्ये केन्द्रको राजनीतिक हावा बुझेका नेता घरदैलो कार्यक्रममा अलि अगाडि बस्दैनन्। अगाडि पार्टीकै चिन्हमा भोट माग्ने नेता स्थानीय तहका अलि बढी छन्।

चुनाव चिन्हबारे नसोध्न नेताको आग्रह 

नेपाली काँग्रेस वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का नेता कार्यकर्ताले पनि के भनेर भोट माग्ने? भनी तर्क गरेका छन्।

निर्वाचन आयोगमा दर्ता भएका मध्ये सबै दल एकातिर भएर आए पनि एक्लै लड्छ भनी एमालेले च्यालेन्ज गर्दा पुरानो पार्टी काँग्रेसकै पछिल्लो अवस्था नाजुक भएकोमा उनीहरु खुशी नभएको बताए।

घरदैलो कार्यक्रममा सहभागी कांग्रेसका पुराना नेता मध्येका वीरेन्द्र लाल नेपालीले पनि चुनाव चिन्हका बारे नसोधौँ भनी पन्छिन खोजे।

स्थानीय तहको निर्वाचनमा समेत गठबन्धनका कुरा हुनु, पार्टी परिक्षण गर्ने मेरुदण्ड माथिकै प्रश्न चिन्ह भएको उनको तर्क छ।

पर्सा काँग्रेसका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य भने मिडिया कर्मी नजिक नपरी लुसुक्क घरदैलोमा निस्केको हुलमा मिस्सिएर हिडिरहेका पनि भेटिए।

चुनावपछि गठबन्धन गरे भै गो नि 

चुनावी घरदैलो कार्यक्रममा निस्कने जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टीका अलि बढि राजनीति बुझेका नेता कार्यकर्ता पनि चुनाव चिन्ह बारे खुलेर बोल्दैनन्।

उनीहरु एमालेलाई ठेगान लगाउन विभिन्न रणनीति अपनाउनु परेको घुमाउरो पाराले जवाफ दिएर उम्किने गरेका छन्।

सत्तामा जसरी पनि टिकिराख्नु पर्छ भन्ने केन्द्र तहका नेताहरुको जस्तो भूईं तहका कार्यकर्ता गठबन्धनकै पक्षमा मात्र छैनन्।

जितेर गएर गठबन्धन गरी काम गरे भै गो नि।

जनताका अगाडी के भनेर प्रस्तुत हुने उनीहरुले तर्क गरे।

स्थानीय नेता कार्यकर्ता पार्टीकै मात्र लाइन मान्ने तयारीमा पनि नभएको स्थानीय बुद्धिजीवीले बताए।

‘सबै अट्ने देश, सबैलाई समेट्ने कांग्रेस’ भनी कांग्रेसका ब्यानरमा लेखिए झैं पछिल्लो समयमा काँग्रेस एक्लै निर्वाचनमा एमालेसँग लड्न नसकी गठबन्धनलाई नै अंकमाल गर्न पुग्दा लोकतन्त्रमा पार्टीले जनताबाट परीक्षण हुन पाउने अर्थात आफ्नो पोजिसन के हो ? भन्ने पनि बुझ्न नपाउनु राम्रो संकेत नभएको उनीहरुको तर्क छ। 
गठबन्धन अति कमजोरलाई सहारा भए पनि तल्लाे तहकाे राजनीतिमा एक्ला एक्लै लड्नु नै उचित हुने बुद्धिजीवीको सुझाव छ।

लोकतन्त्र मान्ने हो भने पाँच बर्षमा आउने अवसरलाई एक्लै लडेर पार्टी स्खलन हुन दिनु नहुने उनीहरुको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.