|

धनुषा : जनकपुरमा आज आयोजित 'प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम'मा सहभागीहरूले नेपाल हिन्दू राष्ट्र नै रहेको बताएका छन्।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा जानकी मन्दिरको प्राङ्गणमा  सम्पन्न कार्यक्रमलाई पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले सम्बोधन गरेका हुन्।

उनले हिमालय देखि समुद्र पर्यन्त र इन्डोनेसियाको बाली देखि पर्सिया सम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त भैसकेको धारणा ब्यक्त गरे।

माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भैसकेको उदाहरण प्रस्तुत गर्दै उनले माता जानकीको आशीर्वादले यो अभियान सफल हुने दृढ विश्वास व्यक्त गरे।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.