|

काठमाडौं : वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथलाई आज लगनमा माताको मन्दिर घुमाइँदैछ।

हिजो रथ लगन पुर्‍याए पनि साँझ परेकाले सेतो मच्छिन्द्रनाथलाई माताको मन्दिरमा घुमाउन नभ्याएको सेतो मच्छिन्द्रनाथको पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहके नीलकाजी शाक्यले जानकारी दिए।

लगनमा सेतो मच्छिन्द्रनाथको माताको मन्दिर छ। रथलाई लगनमा माताको मन्दिर दुईपटक घुमाएर मच्छिन्द्रबहाल पुर्‍याए सँगै जात्रा समापन हुन्छ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पुर्‍याउने गरिन्छ। रथयात्राको तेस्रो दिन हिजो हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिएको थियो। काठमाडौँमा सेतो मच्छिन्द्रनाथको रथ यात्रा सकिएपछि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.