|

काठमाण्डाैं : बुधबार शेयर बजार मापक नेप्से परिसूचकमा बृद्धि भएको छ।

नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ।

जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ।

आज कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा बृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

अघिल्लो दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी बढेको छ।

बाँकी उपसमूहको परिसूचक ० प्रतिशत भन्दा माथि बढेको छ।

बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै आरएमडिसी लघुवित्तको शेयर मूल्य करिब ९ प्रतिशत बढेको छ भने राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ७ प्रतिशत भन्दा बढी बढेको छ। त्यस्तै युनाइटेड इदी मार्दी र सारथी लघुवित्तको शेयर मूल्य २ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ८ करोड ४३ लाख ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।

अरुण भ्याली हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.