|

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि क्षेत्रमा आज विभिन्न देवी देवताका खट्सहित बिस्का जात्रा अन्तर्गत बाँय्लिसिया अर्थात् बेलुकीको जात्रा मनाईदै। 

मध्यपुर थिमिको सिद्धिकाली परिसर, विष्णुविर, नगदेश, लोकन्थलीलगायतका क्षेत्रमा सिद्धिकाली, विष्णुविर, सिद्धिगणेशलगायतका देवी देवताका खटसहित एक आपसमा सिन्दुर छ्याप्दै, धिमे, भुस्या, छुस्या, ताँ बाजाको तालमा नाच्दै झुम्दै, खट्लाई नगरपरिक्रमा गर्दै बिस्का जात्रा मनाउन लागिएको हो। 

बेलुकीको जात्राको मूख्य आकर्षण सिद्धिकाली गणको जात्रा हो। स्थानीय सुँगाटोलमा विष्णुविर जात्रा शुरु भएपछि राज गणेशको खट सिद्धिकाली परिसर ल्याइन्छ, त्यसपछि सिद्धिकाली गणजात्रा शुरु हुन्छ। साँझ शुरु हुने भएकाले यो जात्रालाई बाँय्लिसिया जात्रा भन्ने गरिएको हो। 

सिद्धिकाली जात्रा शुरु हुनुअघि विष्णुविर देवताको नेतृत्वमा सुँगाटोलबाट विष्णुविर गणजात्रा हुरु हुन्छ। यस जात्रामा पर्सिक्व गणेश, दताः गणेश, भादे गणेश, थाक्वमा गणेश र गाँताः गणेशगरी ६ वटा खटको सहभागिता रहन्छ। यो जात्रा प्रारम्भ गर्न स्थानीय इनायलाछि टोलको राज गणेशको उपस्थिती अनिवार्य मानिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.