|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व मनाइँदै छ। नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु पर्वका रुपमा मनाउने गरेका छन्।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार बिसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताए।  

सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ।

सिस्नो लगाएर पर्व मनाइन्छ 

सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर बिसु पर्व मनाउने गरिएको छ। देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा बिसु पर्व मनाउने गरेका छन्। आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताए। आजका दिन सिस्नो लगाउँदा वर्षभरि राम्रै बित्ने र सङ्कट नआउने उनले बताए।

यस्तै आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजाआर्चना गरिने गरेको र धेरैजस्तो शक्तिपीठमा पशुबलिसमेत दिने गरिएको छ। डडेल्धुराको प्रसिद्ध अमरगढी–८ मा रहेको उग्रतारा मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ। हरेक वर्ष डडेल्धुराको अमरगढी–३ घटालमा लाग्ने प्रसिद्ध मेला यस वर्ष दुई वर्षपछि शुक्रबार लाग्ने स्थानीय रामचन्द्र जैशीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.