|

भक्तपुर / काठमाडौं :  भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन अर्थात बिहिबार बिहानैदेखि भेलुखेलस्थित यसीँख्य र चुपिङघाटमा ठूलो मेला लागेको छ। धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने यसीँख्य र चुपिङघाटमा  वैशाख १ गते भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ।

बिहानैदेखि भक्तपुर नगरका टोल टोलमा रहेका परम्परागत धिमेवाजा, बाँसुरीबाजा, मुवाली बाजाका टोलीहरु मेलामा आउने गर्छन्। वैशाख १ मा चुपिङघाटमा स्नान गरी लिङ्गो, भैरव, भद्रकाली र वेतालको दर्शन गर्नाले सुख,समृद्घि, सहकाल आउनुका साथै शत्रुहरू नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउनुपर्ने लिङ्गा बिहिबार (अहिलेसम्म) पनि लिङ्गो उठाउन नसकेपनि भक्तजनहरूले आधा उठाएको लिङ्गोको पूजा र दर्शन गरेका थिए।

बैशाख १ गते यसीँख्योमा राखिएको भैलखःमा विराजमान गराएको मुल देवता भैरव र वेताललाई बली पूजा चढाउने  परम्परा छ। यस दिन यसीँख्यामा लिङ्गो, भैरव, उनको शक्ति भद्रकाली र वेतालको दर्शनका काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरूबाट समेत भक्तजनहरू आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.