|

हालै नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले पार्टी  बैठकको निर्णयमा दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने। आसन्न स्थानीय निर्वाचनका लागि पार्टी दर्ता नगर्ने।एमसीसीका विरोधीलाई चुनावमा सहयोग गर्ने र राष्ट्रघाती विरोधी अभियान सञ्चालन गर्न विज्ञप्ति प्रकाशित गरेर उद्घोष गरेको थियो।

तर पनि विप्लव पार्टीलाई चुनावमा सहभागी गराउने निहुँमा निर्वाचन सार्ने जालसाँझी हुन सक्ने एमाले अध्यक्षले आशंका गर्नुभयो। यस्ता कुरामा विप्लव पार्टी प¥यो भने फेरि कहिल्यै नउठ्ने गरी फस्न सक्ने देखिन्छ। 

जालझेली र रकमी सरकारले जे जस्ता पनि हतकण्डा गर्न सकने हुँदा आम सचेत जनता चनाखो हुनु पर्ने अवस्था टड्कारो छ। नेकपा विप्लव पार्टी निर्वाचनमा भाग लिने वा नलिने जस्ता दोधारलाई टुङ्ग्याएको छ। तर यस पार्टीमा मार्क्सवाद विपरीतका विचार व्यवहार व्याप्त रहेको भने स्पष्ट देखिन्छ।  

मदनले हामी मुक्तिदाता होइनौँ,  शोषण र दमनबाट मुक्रि चाहने जनता नै मुक्रिप्राप्त कर्ता हुन् भन्नु भएको छ। मुक्ति प्राप्त गर्न चाहने जनता आफैँ सचेत र संगठित गरिएन भने जनताको हक हितको आन्दोलन किमार्थ सफल हुँदैन।  

समाजको  गुणात्मक परिवर्तन रातारात  हुँदैन नत यस्तो परिवर्तन चुपचाप बसेर नै हुन्छ। यसैगरी बलात् परिवर्तन पनि झन घातक हुन्छ। त्यसैले जननेता मदन भण्डारीले परिवर्तनमा कुरुप होइन,  कलात्मक हस्तक्षेपको कुरा गर्नु भएको हो।  कलात्मक हस्तक्षेप भन्नाले मुक्ति चाहने व्यापक जनतालाई सचेत, संगठित र प्रतिबद्ध बनाउँदै उनीहरुको सहयोग, सहभागिता र सक्रियतामा आन्दोलन गरेर अग्रगमन गर्नु हो।

मार्क्सवाद अनुसार पानी उम्लिनु  मात्रात्मक  हो भने पानी वाफ बन्नु गुणात्मक  परिवर्तन हो। तर सामाजिक परिवर्तन पानी उमालेजस्तो सजिलो र सरल हुँदैन।

सबै बाम घटक एक ढिक्का भएका भए  शक्ति सन्तुलनमा ठूलै फेरबदल हुन्थ्र्यो। साझा सहमति र सहकार्य गरेर गिरिजा सरकारको निरङ्कुशताका विरुद्ध एकताबद्ध भएका भए परिस्थिति अनुकूल बन्थ्यो। कुचोले बढारेर हटाउने अवस्था हुँदाहुँदै सशस्त्र संघर्षको बाटो लिनै पर्ने थिएन।

 जनताको मन र मर्म छुने कार्यक्रमले मात्र जनता आकर्षित गर्न सकिन्छ। व्यापक जनताको साथ बिना माओले भनेझैँ यो बृहत्तर आन्दोलन सफल हुन सक्तैन। २०१० सालमा पार्टी र अनेकिसंघ मार्फत् किसानलाई रे भनेर हेलाहोचो गर्ने परिपाटी विरुद्ध तराइमधेसमा जी कहो आन्दोलनजस्ता अनेक  आन्दोलनहरु  भएका हुन्।

माओले भनेझैँ फेरिएको परिस्थिति अनुसार आफू र आफ्नो सोचलाई बदल्न सकिएन भने रागेभिरमा जाकिने खतरा हुन्छ। जनताका सबै अधिकार प्रतिवन्धित गरेका बेला अन्य कुनै पनि बाटा बन्द भएका बेला बन्द्क बोक्ने र ठोक्ने कुरा सही होला तर अहिले त जल,थल,नभ लगायत अनेक बाटाहरु हुँदाहुँदै ,तारेभीरतिर किन हाम्फाल्नु परेको कमरेड !

केही वर्ष अघि इटहरीमा जनयुद्धमा मरेका र मारिएका शहिदहरुको कार्यक्रममा यो लेखक पनि वक्ता बनेर पुगेको थियो। सभाकक्षका भित्ताभरि ४० वर्ष उमेर पार नगरेका सहिदहरुको फोटो सजाइएको थियो। यो दर्दनाक दृश्य देखेर यी जोसिला नेपाली नर नारीलाई सपना देखाएर मर्न मार्न उक्साउने नेता चाहिँ कार्यबाहीको भागिदार बन्नु पर्छ भन्दा आयोजक रुष्ट बनेका थिए।

सहिद पङ्तिमा लामबद्ध बनौँ भन्नुको अर्थ रहर र लहडका भरमा हतियारबद्ध  युद्ध गर्नु भन्ने होइन र  ? अझै पनि यस खालका उग्रवाद र अतिवादको धङधङी पार्टीले लिएको छ भने कम्युनिस्ट पार्टीलाई परोक्ष रुपमा गुमनाम मात्र होइन बदनाम गर्ने काम हो।

जननेता मदन भण्डारीले भूमिगत कालमा  राजनीतिका साथै, साहित्य, संस्कृतिको सन्जाल तयार पारेर र तिनलाई पार्टीले भूमिगत रुपमा  परिचालन गरेर भुइँतहबाट कम्युनिस्ट आन्दोलनको जग बनाउनु भयो।

२०४३ सालमा राजशाही पंचायती व्यवस्था विरुद्ध जनपक्षीय उम्मेद्वार उठाएर जिताएर संसद भित्र प्रवेश गरेर पंचायतको अन्तध्वंश गर्ने अभियान चलाउनु भयो। पद्मरत्न तुलाधर जस्ता प्रभावशाली नेताहरुका समसामयिक विसंगति विरोधी प्रभावकारी अभिव्यक्तिले पञ्चायत विरोधी जनमत बनाउन ठूलो सघाउ पु¥याएको हो।

त्यसबेला पनि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नारा मात्र फलाकेर तात्कालिक रुपमा गर्ने काम  नगरेको भए परिवर्तनको मात्रात्मक आधार तयार हुँदैनथ्यो।  नयाँ जनवादी क्रान्ति गर्न पनि त त्यसको मलिलो सैद्धान्तिक, वैचारिक,सांगठनिक तथा सिर्जनात्मक आधार तयार पार्ने काममा लाग्नु पर्छ होइन र ? केवल उग्र कुरा मात्र गरेर हुन्छ र  ? आन्दोलनको जग बसाउन कर्म बहादुर चाहिन्छ।

यसका लागि सर्बै भन्दा पहिले विचार र सिद्धान्तको बिउ छर्नु पर्छ व्याड बनाउनु पर्छ। बोट न बिरुवा नौमुरी तेल भनेझैँ  बात बहादुरबाट केही हुने छैन। सकेसम्म परिस्थिति अनुकूल बनाउन गम्भीर प्रयत्न गर्ने हो प्रतिकूलतालाई अनुकूलतामा बदल्न प्रयत्न गर्ने हो। सानोतिनो अनुकूल र सहज परिस्थिति पाउँदा त्यसको भरपूर सदुपयोग गर्ने हो।

मार्क्सवादजस्तो यो  दुनियाँको अब्बल र सही विचार तथा वादका माध्यमबाट आम जनता  प्रभावित पार्ने महानतम शक्ति हुँदाहुँदै हातमा लाठो बोकेर दमनमा उत्रिनु बहादुरी होइन।

जन सागरका माध्यमबाट सय थुकी नदी झैँ बढार्ने क्षमताको कम्युनिस्ट पार्टीले गोला बारुद नै बोक्ने रहर गर्नुहुन्छ ? सकेसम्म शान्तिपूर्ण नसके कम भन्दा कम क्षतिबाट परिवर्तन गर्नु पर्छ भन्ने मान्यताको मार्क्सवादलाई बदनाम गराउनका लागि त जे गरे पनि हुन्छ।

 मदन भण्डारीले अधिनायकत्व राज्यको आम चरित्र हो तर हामी कम्युनिष्टहरु आफूलाई अधिनायकत्व होइन नेतृत्व भन्छौँ भन्नु भएको छ र यही सही  हो।  जनपक्षीय उम्मेदवारका नाताले पंचायत भित्र प्रवेश गरी अन्तर्ध्वंश अभियान सञ्चालन नगरेको भए २०४६ को परिवर्तनको आधार निर्माण हुन्थ्यो ? पञ्ंचायती सदन भित्र पसेर त्यसकै विरुद्ध आम जनतालाई ब्युझाउने विचार प्रवाह गर्ने  पद्यमरत्न तुलाधर जस्ता नेताहरुका कारण पंचायती किल्ला धर्मराएको हो।

    पार्टी संस्थापक महामन्त्री पुष्पलालको संयुक्त जनआन्दोलनको सही नीति नबुझेर देश र जनतालाई तीसतीस वर्ष कालरात्रीको अन्धकारमा राख्ने हामीसित यसको जवाफ छ ? भण्डारीले नै संसारबाट कम्युनिस्टका ठूलाठूला किल्ला ढलेर हतास र निरास भएका बेला नेपालमा कम्युनिस्ट आन्दोलनको झण्डा फहराएको होइन र

एक मनको भारी  बोक्नसक्नु छैन, अनि  क्विन्टल बोक्ने फाइफुट्टी छाँटेको देख्दा अचम्म लाग्छ। एमालेको नौमहिने सरकारका देश र जनताका हितका उदाहरणीय तथा अभूतपूर्व कामका कारण कम्युनिस्टप्रति मुख्यत नेपाली काङ्ग्रेसका केही नेता मार्फत्  भुईँतहमा छरेका कम्युनिस्टले बुढाबुढी मार्छन् भन्ने जस्ता तमाम भ्रम व्यवहारबाटै तोडिदिएको हुँदा कमरेडहरुलाई राजनीति गर्न सजिलो भएको होइन?

नत्र तिनै भ्रम चिर्न तपाईंहरुलाई बाह्र बज्थ्यो। भ्रमहरु  व्यवहारबाट मात्र निवारण गर्न सकिन्छ। बाम लप्फाजीले मात्र समाजको परिवर्तन हुँदैन। मदनले भनेझैँ कुराले च्युरा भिज्दैन कमरेड।

कार्लमार्क्सले श्रमिक वर्गको मुक्ति उनीहरु आफैँले जितेर लिनुपर्छ भन्नु भएको छ। यसको सही अर्थ भुइँ तहका  तमाम श्रमजीवी जनतालाई सचेत, संगठित र आन्दोलित गरेर  आन्दोलनको जग बलियो हुनछ र त्यही जगमा टेकेर सफलता हासिल गर्न सकिन्छ। 

तर यसको विपरीत माथिको ठाडो आदेश र निर्देशबाट आन्दोलन र क्रान्ति माथिबाट थोपर्दा आन्दोलनको जग कमजोर भएको हो। यस्तो कम्युनिस्ट आन्दोलन तासको घर सरह हुन्छ।

गुणात्मक रुपान्तरण गर्ने संस्कृतिको सर्वथा अभाव सबै कम्युनिस्टमा देखिन्छ। अप र अन्ध संस्कृतिको दास बनाएर सामन्ती तथा पुँजिवादीहरु राज गरिरहेका छन्। तर कम्युनिस्टहरु यस विषयमा पुनः सृजन गर्ने र प्रगतिशील विकल्प दिने कुरामा पटक्क ध्यान दिँदैनन्।

माथिबाट  थोपरेको कम्युनिस्ट आन्दोलनको भुइँ अहिले खालीखाली रहेको अवस्थाबाट जान्न सकिन्छ।  अस्सी प्रतिशत भूभाग कब्जा गरेको भन्ने कम्युनिस्ट पार्टी अहिले ती भूभागमा निर्जन जस्तै होला तर जबजले भुइँ तहबाट उठान गरेको पार्टीको जनआधार अझै बलियो छ।

मदनले हामी मुक्तिदाता होइनौँ,  शोषण र दमनबाट मुक्रि चाहने जनता नै मुक्रिप्राप्त कर्ता हुन् भन्नु भएको छ। मुक्ति प्राप्त गर्न चाहने जनता आफैँ सचेत र संगठित गरिएन भने जनताको हक हितको आन्दोलन किमार्थ सफल हुँदैन।  

त्यस्तै द्वन्द्ववादको बहुआयामिक अर्थ र तात्पर्य छ। तर द्वन्द्व भनेको विरोधी वा वैरीको जीवन समाप्त पार्नु मात्र बुझेर हुँदैन। बात बहादुरीले भात पाक्तैन। मदन भण्डारीले  विप्लव कमरेडले झैँ संसदीय व्यवस्था र आवधिक चुनाव जस्ता विषयलाई  प्रतिक्रियावादी भनेर केवल सरापेर बसेको भए परिस्थिति अनकूल बन्थ्यो ? अल्पमतको भए पनि नौमहिने सरकार बन्थ्यो ?

०४६ सालको आन्दोलनका बेला सडकबाट निरन्तर खवरदारी नगरेको भए पञ्चायत ढल्थ्यो  ? आन्दोलनका बलमा कम्तीमा २०४७ सालको संविधान बन्यो नत्र दरबारले पहेँलो संविधान ल्याउन खोजेको थियो।

त्यतिबेला  कतिपय पार्टी र नेतामा बाम उग्रवाद हावी र प्रभावी नभएको भए वा संयुक्त बाम मोर्चामा ती सबै आबद्ध भएको भए शक्ति सन्तुलनमा राम्रै फेरबदल आउँथ्यो।

एउटा कम्युनिस्ट पार्टीको अर्को कम्युनिस्ट पार्टी सित शत्रुवत् व्यवहार देखिन्छ। राम्रोलाई राम्रो भन्न नसक्ने कम्युनिस्ट नेपालमा छन्। कम्युनिस्ट आन्दोलन बचाउन चारतारे झण्डा बाक्ने कम्युनिस्ट यहीँ  देखापरेका छन्। कम्युनिस्ट पार्टीले निर्माण गरेको जनाधार त कम्युनिस्टकै राजनीति गर्न सहज हुँदो हो नि।

अधिकांश नेता, कार्यकर्ता र बुद्धिजीवी नै पनि ससाना मसिना विषयमा अलमलिएको देख्दा तीन छक्क पर्ने अवस्था देखिन्छ। हिजोका दिनमा झैँ प्रतिक्रियाावादी प्रजातन्त्र साम्राज्यवादी बहु्दल भनेर हुन्छ ? 

आवधिक चुनाव कुनै पार्टीको पेवा हो र ? मार्क्सवादको पुनः सृजन गर्ने सोच र कार्यले मात्र मार्क्सवादी भइन्छ तर जडसूत्रवादी भइयो भने नाम मात्रको कम्युनिस्ट भइन्छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.