|

पाेखरा : नयाँ वर्षको पहिलो दिन आज पोखराको तालवाराही र विन्ध्यवासिनी लगायतका विभिन्न मन्दिरहरूमा दिनभर दर्शनार्थीहरूको भिड लागेको छ।

फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीसहित छिमेकी जिल्लाहरूबाट दर्शनार्थीहरू ताल बाराही मन्दिरमा दर्शन गर्न पोखरा आएका छन्।

दर्शनका लागि फेवातालमा डुंगा चढेर तालवाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागेको हो।

ताल बाराही मन्दिर दर्शन गर्नाले मानिसहरुले इच्छाएको मनोकांक्षा पूरा हुने मान्यताका कारण पनि दर्शनार्थीहरूको वर्षैपिच्छे भिड लाग्ने गरेको ताल बाराही व्यवस्थापन समितिका सदस्य हरि राज कोइरालाले बताए।​

तालवाराही मन्दिरमा दर्शनार्थीहरूको भिड बढेपछि डुंगा व्यवसायीहरूलाई भ्याइनभ्याइ भइरहेको डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.