|

दाेलखा : दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउन आउने पर्यटकले भरिभराउ भएको छ।

नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिन्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो।

देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिन्चोक पुगेका हुन्। 

तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिन्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानै देखि भीड लागेको मन्दिरका पुजारी परशुराम घिमिरेले बताए।​

कालिन्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ।

नयाँ वर्षमा आउने पर्यटकका लागि कालिन्चोकका व्यवसायीले विशेष छुटको व्यवस्थासमेत गरेका छन्।

दोलखा, सिन्धुली, बर्दिवास छोटो दूरीको यातायातबाट जोडिए सँगै हिमाली जिल्ला दोलखामा तराई केन्द्रित पर्यटकको सङ्ख्या वृद्धि भएको छ।

तराईबाट तीन घण्टाको दूरीमै चरिकोट आउन सकिने हुँदा गर्मी छल्नका लागि पारिवारिक भ्रमणमा तराई तथा भारतका केही क्षेत्रका मानिस दोलखा आउने गरेको पाइन्छ।

कालिन्चोकसँगै दोलखाको पर्यटकीय क्षेत्र जिरी,शैलुङ, खरिढुङ्गा, फिल्म सिटी गुराँस पार्कलगायतका क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.