|

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले झण्डै दुई महिनादेखि जारी रुससँगको युद्धमा आफ्ना २५ सयदेखि ३ हजार सैनिक मारिएको बताएका छन। 

उनले युद्धका क्रममा १० हजार बढी सैनिक घाइते भएको पनि उल्लेख गर्दै घाइते मध्ये स्वस्थ भएर फर्किएकाहरुको संख्या थाहा पाउन कठिन रहेको बताएका छन्।  जेलेन्स्कीले युद्धका क्रममा १९ देखि २० हजार रसियन सैनिक मारिएको दाबी गरेका छन्।  तर रुसले भने आफ्नो फौजका १३ सय ५१ सैनिक मारिएको बताएको छ। 

यसैबीच रुसले युक्रेनलाई हतियार सहयोग गरिरहेका देशहरुको विरोध गरेको छ। मस्कोले एक आधिकारिक कुटनीतिक नोट जारी गर्दै अमेरिका र नेटो सदस्य राष्ट्रहरुले युक्रेनलाई गरेको हतियार सहयोगले आगोमा घिउ थप्ने काम भइरहेको बताएको छ। 

साथै रुसी कुटनीतिज्ञहरुले युक्रेनलाई हतियार सहयोग भइरहे यसको अप्रत्यासित नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। पछिल्लो पटक अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सामग्री सहयोग गर्ने घोषणा गरेको केही समयमा रुसको यस्तो चेतावनी आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.