महानगरको खाका : कांग्रेसलाई ३, माओवादी, समाजवादी र जसपालाई १/१

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ वटा महानगरमध्ये कांग्रेसलाई ३ वटा महानगर दिनेगरी सहमतिको नजिक पुगेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘गठबन्धनभित्र ६ वटा महानगरमध्ये कांग्रेसले ३ वटा र बाँकी तीन वटामा माओवादी केन्द्र, समाजवादी र जसपाले एकएक वटा लिनेगरी सहमति नजिक पुगेका छौँ। उपमहानगरमा पनि यही मोडेलले टुंग्याउने प्रयास भइरहेको छ।’

गठबन्धनभित्र सहमति भएन भने माओवादी एक्लै निर्वाचन लड्न सक्षम भएको उनले दाबी गरे। 

‘पाँच दलबीच सहमति भएन भने ज-जसको सहमति हुन्छ। त्यसैसँग गरेर जान्छौँ। सहमतिमा नभए एक्लै जान तयार छौँ। देशको संकटमोचन गर्ने माओवादी केन्द्र भन्ने जनताले बुझिसके। एक्लै गए पनि सबैभन्दा धेरै हामीले जित्ने देख्छौँ।’ 

साझा चुनाव चिन्हबारे छलफल भएपनि तत्काललाई सजिलो नभएको उनको भनाइ छ। 

प्रचण्डले भने, ‘महानगर र उपमहानगरको केन्द्रले नै टुंग्याउँछ, नगर र गाउँपालिकामा समस्या भए मात्रै केन्द्रले निर्णय गर्छ भनेका हौँ, एउटै पार्टीमा कसैले टिकट पाउने/नपाउने हुन्छ। टिकट नपाउनेले बागी उठ्ने गर्छन्। ५ दलबीच तालमेल गर्दा विरोधको कुरा उठ्नु स्वभाविक हो। सबै पार्टी पंक्ति संस्थागत निर्णयमै उभिन्छ।’ 

पाँच दलीय गठबन्धन लोकतान्त्रिक भएकाले एमालेले गरेको गठबन्धन होलिवाइन र राजावादीहरुको भएको प्रचण्डको टिप्पणी थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.