|

काठमाडौं : मंगलबार  १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार उच्च अंकले गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ। 

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता शेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्सेमा गिरावट आए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने सामान्य बढेको छ। मंगलबार १ अर्ब ३२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशत घटेको छ। त्यस्तै,विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से परिसूकमा गिरावट आए पनि दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा जाल्पा लघुवित्त र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, दुई साता सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेष्डो समृद्ध लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेष्डो समृद्ध लघुवित्त नै शीर्ष स्थानमा रहेको छ। त्यस्तै, एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.