|

काठमाडौं : कन्नड फिल्म 'केजिएफ च्याप्टर २' कोरोना कालपछि नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। 'आरआरआर'लाई पछि पार्दै 'केजिएफ २' कोरोना कालपछि नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। 

दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले १५ करोडको आँकडा पार गरिसकेको छ भने 'आरआरआर'को कमाइ लगभग १४ करोड रहेको छ। योसँगै 'केजिएफ २' नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पाचौँ नम्बरमा उक्लिएको छ। उक्त सूचीमा सबैभन्दा अगाडि २५ करोड सहित 'बाहुबली २' रहेको छ भने दोस्रो, तेस्रो र चौथोमा क्रमशः 'छक्का पञ्जा ३', 'शाहो' र 'छक्का पञ्जा' रहेका छन्।

कोरोना महामारीपछि नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्ममा 'केजिएफ २' र 'आरआरआर' पछि 'पुष्पाः द राइज' रहेको छ जसले १२ करोडभन्दा बढी कमाइ गरेको थियो। त्यस्तै 'स्पाइडर म्यानः नो वे होम'ले साढे ७ करोडभन्दा बढी कमाइ गर्दै नेपालमा सबैभन्दा बढी कमाउने मार्वल फिल्म पनि बनेको थियो। 

कोरोनापछि व्यावसायिक रूपमा दुई नेपाली फिल्म सफल भएका छन्। गत फागुनमा प्रदर्शनमा आएको 'म यस्तो गीत गाउँछु २' ले ७ करोडभन्दा ज्यादा कमाइ गरेको थियो भने यतिवेला हलमा प्रदर्शन भइरहेको 'ए मेरो हजुर ४'को कमाइ ५ करोड आसपास रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.