काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ बुधबार मलेसिया जाने भएका छन्। मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चारदिने भ्रमणमा मलेसिया जान लागेको श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल जनाएको छ।
श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा मंगलबार गरेको भेट गरेका थिए। मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेन्डाबारे छलफल भएको थियो। मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली बुधबार दिउँसो मलेसिया जानेछन्।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्नेछन्। भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल-मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनबारे मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन्। मलेसियामा रहेको नेपाली समुदायसँग समेत उनले छलफल गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।