|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको चुनावका लागि टिकट वितरण न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

केन्द्रीय समिति, कार्य सम्पादन समिति र सामूहिक रूपमा बारम्बार कुरा उठाउँदा पनि ध्यानपूर्वक कुरा नसुनिएको भन्दै टिकट वितरणमा अन्याय भएको बताएका छन्।

बुधबार बिहान विज्ञप्ति निकालेर उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको दाबी गरेका छन्। ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरू यतिखेर सार्वजनिक भइरहेका छन्’, उनले भनेका छन् ‘त्यसको पीडा इमान्दार र निष्ठावान् कार्यकर्ताहरू भोग्दैछन्।’

उनले सिद्धान्त, मूल्यमान्यता र आदर्शप्रति प्रतिबद्ध नेता–कार्यकर्ता पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु’, उनले भनेका छन्।

तत्काललाई असन्तुष्टि छातीभित्र राखी विजयी अभियानमा होमिन उनले कांग्रेसका नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.