|

तिम्री अामा 
मजदुरको जुलुसमा हिँड्दा हिँड्दै 

बूढो पाठेघरको थैलाेबाट 
फ्यात्त 
सडकमा झरेका थियौ तिमी 
र पहिलो शब्द सुनेका थियौ- 
मूर्दावाद ! 

तिम्री अामासँग थिएन 
पार्टीको झन्डा ! 
त्यसैले कागजको फिरफिरे उडाउँदै 
तिमी पनि कुद्न थाल्यौ
दुखिया जुलुसको पछिपछि ! 

अाज तिमी 
सपना देख्नै नसक्ने गरी 
बूढो भइसक्याै 
तर अझै पनि तिम्रा हातहरूमा 
घुमिरहेको छ- 
कागजको फिरफिरे! 

हे वृद्ध पितामह! 
तिम्रा सन्तान दरसन्तानहरू पनि 
अाफ्नाे जुनीभरि 
घुमाइ नै रहनेछन् 
कागजको फिरफिरे! 

उनीहरू सडकमा टायर बाल्दै 
जुनीभरि 
एउटै राष्ट्रिय गीत गाइरहने छन्- 
मूर्दावाद ! मूर्दावाद !! 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • nice