|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहका निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी  गरेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आसन्न स्थानीय तह र संघीय संसद्  निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने बताएका हुन्। यसबाट आफूहरूले राष्ट्रको अभिभारा पूरा गर्ने उनको भनाइ छ। 

सन्देशमा  उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गरेका छन्। 

नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजार सुनिश्चित गरी औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र संघर्ष गर्नुनपर्ने अवस्था सिर्जना गरेको बताए।

‘कोभिड–१९ महामारीका बेला सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको आयमा कमी नआओस् भनेर प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गर्‍यो’, उनले भने, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षा गर्न सहयोग गर्‍यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.