|

बैतडी : नेकपा एमालेले चुनावी प्रचारप्रसारका लागि  बैतडीमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ।

एमालेका तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गरेको भेटिएको हो। 

निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भए पनि भट्टले भारतीय नम्बर प्लेटको गाडीमा एमालेको चुनाव चिह्न र झण्डा प्रयोग गरेका छन्।

कुनै पनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। 

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरू निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष उम्मेदवारले अधिकतम दुईवटा हलुका सवारीसाधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृति लिई सञ्चालन गर्न पाउने प्रावधान छ। 

प्रचारप्रसारमा भारतीय गाडी प्रयोगबारे बुझ्ने काम भइरहेको कार्कीको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.