|

गाेरखा : गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी आज साँझ तीनजनाको मृत्यु भएको छ।

चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।

बा १४ च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भीरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ। दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्वकाे प्रहरी टोली घटनास्थल पुगिसकेको उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.