|

काठमाडौं : वर्षा र सहकालको देवताका रूपमा लिइने रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। 

रथारोहण गरेको ४ दिनपछि रथ तान्न शुरु गरिएको हो। लगातार दुई वर्षसम्म कोरोना महामारीका कारण औपचारिकतामा सीमित बनेको जात्रा यसपटक पूर्ण विधिमा धुमधामका साथ मनाइँदैछ। जात्रामा सयौं मानिस जम्मा भएका थिए। 

ललितपुरको दमकल चोकमा निर्माण गरिएको रथलाई आज तान्न सुरु भएको छ। रथलाई आज दमकल चोकबाट गाःबहाल पुर्‍याइएको छ। 

मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ। रातो मच्छिन्द्रनाथको जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ ।

हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक करूणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणी’ अर्थात पञ्चबुद्ध मध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन्। मच्छिन्द्रनाथको रथ यात्राको क्रममा अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मच्छिन्द्रनाथको जात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाई मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङ्गमती लगिएपछि समापन हुन्छ। 

(हेरौं केही तस्वीर)

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.