|

हेटौंडा : स्थानीय तहको निर्वाचनले यतिवेला सिंगो देशको माहोल तातेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरू चुनाव जित्ने अपेक्षासहित घरदैलो कार्यक्रममा व्यस्त छन्। चुनाव जित्न उनीहरूले हरसम्भव रणनीति अपनाइरहेको देखिन्छ। जीत आफ्नो पोल्टामा पार्न उम्मेदवारले घरदैलो कार्यक्रम तीव्र पारेका छन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँतिर यसको रौनक छुट्टै देखिएको छ। स्थानीय तहको निर्वाचनले मकवानपुर जिल्लाका भित्री गाउँहरूका दैनिकी नै परिवर्तन गरेको छ । एक महिना अघिसम्म सुनसान हुने गाउँघर यतिवेला चुनावी माहोलले तताएको छ।

रोजगारी र अवसरको खोजीमा रित्तिँदै गएको गाउँघरमा दिनहुँ लावालस्करसहित पार्टीका नेता र कार्यकर्ताको भीड लाग्न थालेको छ। ५ वर्षदेखि शान्त रहेका घरघरमा पार्टीका गीत घन्किन थालेका छन्।

घर–घरमा पार्टीका झण्डा फर्फराइरहेका छन्। गाउँका सबै घरमा दैनिक फरक–फरक बाचा गर्दै पुग्नेहरुकाे संख्या बढिरहेको छ। गाउँमा चल्ने हरेक सार्वजनिक सवारीसाधनमा पार्टीको झण्डा फहराउँदै कोचाकोच मान्छे बोकेर चुनावी प्रचारप्रसारमा निस्किएको देख्न सकिन्छ।

राजनीतिक दलका कार्यकर्तासँगै कतिपय मतदाता पनि रमाइलो मानेर चुनावी प्रचारप्रसारमा हिँडेको देखिन्छ। यतिवेला गाउँको माहोल ठूलो पर्व आएजस्तै बनेको छ।

मकवानपुरमा चुनावको चहलपहल (तस्वीरमा):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.