काठमाडौं : काठमाडौंमा जारी दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिष्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे शुरु हुनेछ।
शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो। आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।
जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ। जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।
यसअघि नेपाल र जिम्बावेबीच भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।