|

काठमाडौं : स्थानीय निर्वाचनलाई लक्षित गर्दै  नेपाल टेलिकमले इलेक्सन अफर ल्याएको छ। ​

यो अफर अन्तर्गत ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस, एसएमएस र डाटा अफर दिन लागिएको टेलिकमले जनाएको छ। 

टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार यो अफर बैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ । 

३ दिनसम्म सबै नेटवर्कमा २ सय मिनेट कुराकानी गर्न सकिने भ्वाइस प्याक ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक ९८ रुपैयाँमा उपलब्ध हुनेछ। ६ जीबी डाटा प्याक पनि ९८ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.