कम गण्डकी प्रदेशमा १२ हजार

|

काठमाडौं : वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय निर्वाचनमा पाँच वर्षे कार्यकालका लागि ३५ हजार २२१ जना जनप्रतिनिधि चुनिँदै छन्। 

मुलुकका ७५३ वटै स्थानीय तहमा एकैचोटी हुने मतदानले ७५३ जना प्रमुख र उपप्रमुख निर्वाचित हुनेछन् भने ६ हजार ७४३ जना वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला सदस्य निर्वाचित हुनेछन्। 

जनप्रतिनिधि बन्न प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा एक लाख ४५ हजार १० जना प्रतिस्पर्धामा छन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ४० हजार ९२४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये प्रमुखमा १ हजार ४२०, अध्यक्षमा ८९३, उपप्रमुखमा ६८४, उपाध्यक्षमा ४७९, वडाध्यक्षमा ९ हजार ४२०, महिला सदस्यमा ७ हजार ८, दलित महिला सदस्यमा ६ हजार ६७१ र सदस्यमा १४ हजार ३४९ जनाको उम्मेदवारी परेको छ। 

एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह रहेको मधेश प्रदेशमा परेको उम्मेदवारी अरु प्रदेशको तुलनामा झण्डै दोब्बरले बढी हो।

सबैभन्दा कम उम्मेदवारी गण्डकी प्रदेशमा १२ हजार ९ जनाको परेको छ। गण्डकी प्रदेशमा एक महानगर, २६ नगर र ५८ गाउँपालिका छन् । कूल ८५ स्थानीय तहमा प्रमुखमा १९१, अध्यक्षमा २५३, उपप्रमुखमा १३६, उपाध्यक्षमा २०७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। आयोगका तथ्यांक अनुसार वडाध्यक्षमा २ हजार ६३६, महिला सदस्यमा २ हजार ११८, दलित महिला सदस्यमा १ हजार ९४२ र सदस्य पदमा ४ हजार ५२६ जनाको उम्मेदवारी छ।

मधेस प्रदेशपछि दोस्रो बढी बागमती प्रदेशमा २२ हजार ६६५ जनाको उम्मेदवारी कायम रहेको छ। बागमतीमा १३ जिल्लामा तीन महानरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ स्थानीय तह रहेका छन्। ती पालिकाका प्रमुख बन्न ५१८, अध्यक्षका लागि ५१९, उपप्रमुख बन्न २९९ र उपाध्यक्षका लागि ३२३ जनाबीच प्रतिस्पर्धा हुनेछ। वडाध्यक्षमा ५ हजार,२२१, महिला सदस्यमा ४ हजार ३४, दलित महिला सदस्यमा ३ हजार ३३० र सदस्यमा ८ हजार ४२१ जनाको उम्मेदवारी रहेको आयोगले जनाएको छ। 

चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी जम्म १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा २२ हजार ४२६ जनाको उम्मेदवारी छ। प्रमुखमा ३९१, अध्यक्षमा ४९३, उपप्रमुखमा २७५, उपाध्यक्षमा ३९२, वडाध्यक्षमा ४ हजार ९२१, महिला सदस्यमा ३ हजार ९७७, दलित महिला सदस्यमा ३ हजार ७०७ र सदस्यमा ८ हजार २७० जनाको उम्मेदवारी रहेको छ।

प्रदेश १ को २१ हजार ५२२ जना दोस्रो कार्यकालका लागि जनप्रतिनिधि बन्ने होडबाजीमा छन्। तीमध्ये प्रमखमा ३७५, अध्यक्षमा ४५६, उपप्रमुखमा २८९, उपाध्यक्षमा ३५७, वडाध्यक्षमा ४ हजार ७४१, महिला सदस्यमा ३ हजार ८१७, दलित महिला सदस्यमा ३ हजार ४५९ र सदस्यमा ८ हजार २८ जनाको उम्मेदवारी छ। प्रदेश नं. १ मा १ सय ३७ वटा स्थानीय तह छन्। 

एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह रहेको सुदुर पश्चिम प्रदेशमा १२ हजार ८६८ जना चुनावी मैदानमा छन्। तीमध्ये प्रमुखमा २०२, अध्यक्षमा २३०, उपप्रमुखमा १५९, उपाध्यक्ष पदमा १७८ जनाबीच प्रतिष्पर्धा हुनेछ। यस्तै, वडाध्यक्षमा २ हजार ७९८, महिला सदस्यमा २ हजार ३२८, दलित महिला सदस्यमा २ हजार १७९ र सदस्य पदमा ४ हजार ७९४ जनाको उम्मेदवारी छ। 

१२ हजार ५९६ जना चुनावी मैदानमा उत्रिएका कर्णाली प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका गरी ७९ स्थानीय तह रहेका छन्। ती पालिकाका प्रमुखमा १४१, अध्यक्षमा २४८, उपप्रमुखमा १२२ र उपाध्यक्ष पदमा २२७ जनाको दाबेदारी छ। यस्तै, वडाध्यक्ष पदमा २ हजार ७५९, महिला सदस्यमा २ हजार ३१७, महिला सदस्यमा १ हजार ९९७ र सदस्य पदमा ४ हजार ७८५ जनाको उम्मेदवारी रहेको निर्वाचन आयोगले जनाएको छ। 

देशभरका स्थानीय तहको प्रमुख पदमा ३ हजार ९ जना पुरुष र २२९ जना महिलाको उम्मेदवारी छ भने अध्यक्ष पदमा १५५ जना महिला र २ हजार ९३७ जनाको उम्मेदवारी रहेको छ। यस्तै, उपप्रमुख पदमा ५ सय ३० जना पुरुष र एक हजार ४३४ जना महिलाको दाबी छ भने उपाध्यक्षका लागि ५२० जना पुरुष र १ हजार ६४३ जनाको उम्मेदवारी छ।

६ हजार ७४३ वडाध्यक्ष सिटमा ९४७ महिला र ३१ हजार ५५० गरी ३२ हजार ४९७ जनाको उम्मेदवारी छ । यसैगरी महिला सदस्यमा २५ हजार ५९६, दलित महिला सदस्य पदका लागि २३ हजार २८४ जनाले उम्मेदवारी दिएका छन्। १३ हजार ४८६ खुल्ला वडा सदस्य बन्न पुरुष ५० हजार ७६६ र २ हजार ४०७ जना महिला गरी ५३ हजार १७३ जना चुनावी मैदानमा रहेका आयोगले जनाएको छ। 

शुक्रबार देशैभर एकै पटक हुने मतदानका लागि निर्वाचन आयोगले १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ केन्द्र निर्धारण गरेको छ।

नेपालमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन्। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.