|

काठमाडौं : सरकारले लगातार दुई दिनभन्दा बढी बिदा भए तेस्रो दिन स्वास्थ्य लगायतका क्षेत्र खुला रहने जनाएको छ।

गृह मन्त्रालयले प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने सूचना राजपत्रमा प्रकाशन गर्दै उक्त स्वास्थ्यलगायतका सेवामा फरक व्यवस्था राखेको हो।

सरकारले जेठ १ गतेदेखि हप्ताको शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। 

जेठ १ गतेपछि दशैँ र तिहारबाहेकका बिदामा लगातार दुई दिनभन्दा बढी छुट्टी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्यचौकीले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ।

त्यस्तै रोपवे, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, बैंकिङ सेवा, आन्तरिक राजस्व, भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहको हकमा पनि तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउन समेत भनिएको छ।

सोमबारदेखि शुुक्रबारसम्म बिहान ९:३० बजेदेखि अपराह्न ५:३० बजेसम्म कार्यालय समय निर्धारण गरिएकोमा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म मात्र सेवा प्रदान गर्नु पर्नेछ।

यस्तै सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्नुपर्ने राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.