काठमाडौं : स्थानीय तहको चुनाव दिन आउन दुई दिन मात्र बाँकी रहँदा मतदान गर्न थातथालो फर्किनेको लर्को बढेको छ।
कतिपय मतदाता आफैँ गाउँ फर्किन लागेका हुन् भने धेरैजसोका लागि राजनीतिक दल तथा उम्मेदवारले 'बस रिजर्भ' गरेर पठाएका छन्।
विशेषगरी कोटेश्वर र कलंकी नाकामा काठमाडौं छाड्नेको लर्को देखिएको हो। सडक आसपास सर्वसाधारणको घुइँचो बढेको छ। सवारीसाधनको चाप बढ्दा ट्राफिक व्यवस्थासमेत प्रभावित भएको छ।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।