काठमाडौं : नेपाली बजारमा सुनको भाउमा उतार चढाव आउन क्रम जारी छ।
हिजो तोलामा ७ सयले घटेको सुनको भाउ साताको चौथो दिन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको हो।
तेजावी सुन प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।