|

काठमाडौं : दीपेन्द्र लामा निर्देशित नेपाली फिल्म '२ नम्बरी'को छायांकन सकिएको छ। कास्कीको ल्वाङ गाउँमा बुधबार एण्ड क्ल्याप गर्दै फिल्मको छायांकन सकिएको हो। 

निर्देशक लामाले आफ्नो सामाजिक सञ्जालमार्फत फिल्मको सम्पूर्ण छायांकन सकिएको जानकारी दिएका हुन्। वैशाख पहिलो हप्तादेखि शुरु भएको छायांकन २६ दिनमा सकिएको हो। दुई वर्षअघि नै घोषणा भएको फिल्म कोरोनाका कारण रोकिएको थियो।

दयाहाङ राई, सौगात मल्ल, उगेन छेदेन, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म आगामी कात्तिक ४ देखि प्रदर्शनमा आउँदैछ। '२ नम्बरी' लामाको निर्देशनमा बनेको चौथो फिल्म हो। यसअघि उनका 'घामपानी', 'गोपी' र 'छ माया छपक्कै' प्रदर्शनमा आइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.