|

विराटनगर : शुक्रबार हुने आसन्न स्थानीय तहको निर्वाचनका लागि मोरङमा पनि आवश्यक तयारी पूरा भएको छ।  १७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका लागि ३ सय मतदानस्थल र ८ सय २० मतदान केन्द्र तोकिएको छ।

म्यादी प्रहरी, नेपाल प्रहरी र निर्वाचनमा खटिएका कर्मचारीहरु शुक्रबारका लागि आवश्यक तयारी गरिरहेको मतदान अधिकृतहरु बताउँछन्। मोरङको मतदान केन्द्रमध्ये  ४९ वटा अति संवेदनशील, १ सय ५५ वटा संवेदनशील र ९६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मोरङमा ३ हजार १ सय २० जना म्यादी प्रहरी र २ हजार २८ जना  जनपद प्रहरी खटाइएको छ।

यस्तै, प्रदेश १ का विभिन्न जिल्लामा निर्वाचनको सुरक्षाका लागि जनपदप्रहरी, नेपाली सेना, म्यादी प्रहरीलगायत परिचालन भइसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। भने आवश्यक सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ।  प्रदेश प्रहरी कार्र्यालयका अनुसार प्रदेश १ मा निर्वाचनको पहिलो घेरामा रहने १० हजार ५ सय ५१ जना प्रहरी टिएको छन्। भने, १७ हजार ३ सय ८२ जना म्यादी प्रहरी निर्वाचनका लागि परिचालन गरिएको  छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.