|

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स मुम्बई इण्डियन्ससँग ५ विकेटले पराजित भएको छ। 

वानखडे गएराति स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा अलआउट हुदै ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको मुम्बईले १४.५ ओभर खेल्दा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। 

मुम्बईको जितमा तिलक बर्माले अविजित रहँदै ३४ रन बनाए। यस्तै कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए। टिम डाभिड १६ रनमा अविजित रहे। 

चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए। चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित रहँदै ३६ रन बनाए। 
ड्वानब्राभोले १२ रन जोड्दा अम्बाती रायडु र शिवम् डुबे समान १० रनमा आउट भए। मुम्बईका डानिल साम्सले ३ विकेट लिए। रिले मेरीदिथ र कुमार कार्तिक्यले २\२ विकेट लिए। 

मुम्बईले १२ खेलमा ३ खेलमा जित र ९ खेल हारेर जम्मा ६ अंक जोडेको छ। मुम्बई अंकतालिकाको पुछारमा छ। चेन्नईले १२ खेल खेलेकोमा ४ माजित र ८ खेलमा हार ब्यहोरेर ९ औंँ स्थानमा छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.