|

काठमाडौं : स्थानीय तह निर्वाचन २०७९ सुरु भएको छ। आज सात बजेदेखि बेलुकी पाँच बजेससम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको हो।

८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन्। 

मतदानबाट ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन्।

चुनावी मैदानमा उत्रिएका १ लाख ४५ हजार उम्मेदवारमध्ये ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.