काठमाडौं : नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले स्थानीय प्रतिनिधी चुन्नको लागि मतदान गरेका छन्।
उनले काठमाडाैंकाे मैतिदेवी मन्दिर पूर्व 'क' मतदान केन्द्रमा गएर मतदान गरेका हुन्। हालसम्म उक्त केन्द्रमा १४५ मत खसेको छ ।
यो केन्द्रबाट ८४० मतदाताले मत दिने मतदान अधिकृत शिशिर पन्थीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।