|

धादिङ / काठमाडौं : धादिङको नीलकण्ठ नगरपालिका-३ धादिङवेसीस्थित नीलकण्ठ मा.वि. मतदान स्थलमा बिहानीको शितलतामा वृद्धवृद्धाहरुले मतदान गरेका छन्। मतदानको शुरुवातमै भिडभाड कम हुने भएकाले वृद्धवृद्धा अशक्तहरुले बिहान ७ बजे नै मतदान स्थल पुगेर आफ्ना मताधिकार प्रयोग गरेका छन्। 

धादिङका दुई नगरपालिका र ११ गाउँपालिकामा जम्मा २ लाख ६८ हजार ४ सय ७२ मतदाता रहेका छन् । जसमा १ लाख ३६ हजार ४ सय ३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ गरि २ लाख ६८ हजार ४७२ जना मतदाता रहेका छन् । सबैभन्दा धेरै मतदाता नीललकण्ठ नगरपालिकामा २२,३२६ महिला र २१,७८५ पुरुष गरी ४४,१११ जना रहेका छन् । सबै भन्दा कम मतदाता रुवीभ्याली गाउँपालिकामा ४,३३५ महिला र ४,६१८ पुरुष गरि ८,९५३ जना छन्।

केही तस्वीर झलक :

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.