|

काठमाडौं :  स्याङ्जाको वालिङमा  जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

वालिङ नगरपालिका- १४ को अर्खलाबासमा जिप दुर्घटनामा परेको हो। ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको र १४ जनाको निधन भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। मतदाता बोकेर मतदान केन्द्रतिर जाँदै गरेको जिप दुर्घटनामा परेको पौडेलको भनाइ छ। 

‘१४ जनाको मृत्यु पुष्टि भइसकेको छ। अन्य केही घाइतेलाई पोखरा रेफर गरिएको छ।’ थाहाखबरसँग प्रजिअ पौडेलले भने,  ‘विस्तृत विवरण आउन बाँकी छ।’ 

जिप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.