|

डडेल्धुरा : डडेल्धुरामा मतदान जारी रहेका बेला पानी परेको छ। जिल्लाको आलिताल गाउँपालिका-७ स्थित गौरीशंकर मावि मेलगाँजा मतदान केन्द्रमा पानी परेको हो। पानी परेपछि मतदान केही बेर रोकिएको छ। यहाँ पालको व्यवस्थापन गरिएको छैन।

अहिले विद्यालयको दुई कोठामा मतदान भइरहेको छ। यहाँ क र ख मतदान केन्द्र रहेको छ।

पानी परेपछि मतदाताहरू तितरबितर भएका थिए। ११ सय ८६ मतदाता रहेको केन्द्रमा अहिलेसम्म ५ सय बढी मत खसेको मतदान अधिकृत लोकराज पनेरूले जानकारी दिए।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.