|

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर  ९  मा सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्।

मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। दुईवटा मतमा छाप हानिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो।

उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको हो। ५ मिनेट भित्रै उनले २ वटा मतपत्रमा रूख छापमा मोहोर लगाएको स्थानीय पोल  एजेन्टले बताएका छन्। 

मतदान अधिकृत सिंह स्थानीय बासिन्दा हुन्।  उनको घरपरिवार कांग्रेस पार्टी समर्थक हुन्।

स्थानीय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.