|

ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-१ कुन्तादेवी मतदानस्थलमा बिहान सात बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा जारी छ ।

मतदान बुथमा नेकपा एमालेको तर्फबाट खटिएका प्रतिनिधि टीकाराम धमलाले दिएको जानकारीअनुसार दिउँसो दुई बजेसम्म करिब ६० प्रतिशत मतदान सम्पन्न भएको छ।

यस वडामा नेपाली कांग्रेसबाट टोपराज धमला र नेकपा एमालेबाट कमल बानियाँ उम्मेदवार रहेका छन्। यी दुवैले आ-आफूले जितको दाबी गरेका भए पनि वास्तविक जितका लागि मतगणनासम्म कुर्नुपर्नेछ।

आज पाँच बजेपछि मतदानको समय सकिनेछ । त्यसपछि मोलुङ गाउँपालिका केन्द्र प्राप्चामा मतगणना हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.