|

विराटनगर : स्थानीय तह निर्वाचनको मतदान जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा युवादेखि वृद्धवृद्धासम्म मतदानका लागि उत्साहजनक सहभागिता जनाइरहेका छन्।

१७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका लागि ३ सय मतदानस्थल र ८ सय २० मतदान केन्द्र तोकिएको छ।

विराटनगर महानगरपालिकामा १ बजेसम्म  ३०  प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए। तर समग्र मोरङ जिल्लाको भने रिपोर्ट अहिलेसम्म नआएको उनको भनाइ छ। 

मोरङमा मतदाता अत्याधिक भएको र मतदान केन्द्रको भौतिक संरचना सानो हुने हुँदा  मतदानले सुचारु रुप लिन १२ बजेसम्म लागेको र समग्र जिल्लाको सूचना संकलन गर्न सकस भएको बताए।

तस्वीरहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.