|

हेटौंडा :  देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको छ।

मकवानपुरको पनि १० वटै स्थानीय तहमा निर्वाचन भइरहेको छ। पाँच वर्षपछि भइरहेको निर्वाचन झरीले गर्दा बिथोलिएको छ। हेटौंडासहित जिल्लाको विभिन्न स्थानमा परेको पानीले मतदान केहि समयको लागि बिथोलिएको हो।

जिल्लाका केहि मतदान स्थलमा त्रिपालको व्यवस्था गरिएको भएपनि अधिकांशमा त्रिपाल नलगाइएको हुँदा पानीले मतदान रोकिएको छ।  मतदान गर्न विभिन्न स्थानबाट आएमा मतदाताहरू ओत लागेर बसिरहेका छन्। पानी परेपनि मतदाताहरू भने उत्साहित नै देखिएका छन्।

हेटौंडामा पानी पर्न कम भएसँगै मतदान पुनः सुरु हुन लागेको छ भने जिल्लाको अन्य पालिकामा अझै छिटपुट पानी परिरहेको जनाइएको छ।

१० वटा पालिकाको पाँचसय ३० पदको लागि एक हजार नौ सय ३१ जनाबीच प्रतिष्पर्धा भइरहेको छ। मकवानपुरमा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.