|

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान सकिएको छ। मतदान सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ। 

निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो। जसअनुसार मतदान सम्पन्न भएपछि मतपेटिकाहरू अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो। 

काठमाडौं महानगरपालिकाको मत गणना आज ८ बजे शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.