|

कास्की :  गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाँच किरियापुत्रीले मतदान गरेका छन्। जिल्लाको राइनास नगरपालिका–४ स्थित सौभाग्यदोय मावि रहेको (क) र (ख) मा गरेर दुई पुरुष र तीन महिला गरी सात दिनका किरियापुत्रीहरुले मतदान गरेका हुन्।

उक्त केन्द्रको (क) बुथमा मतदान अधिकृत दीपेन्द्र श्रेष्ठका अनुसार चन्द्र कुमाल र आसमाया कुँवर र (ख) बुथमा हरि, चितरी र हर्के कुमालले मतदान गरेका हुन्।

उनीहरूका बुबाको मृत्यु भएको आज सात दिन पुगेको बताइएको छ। उक्त (क) र (ख) मा गरेर एक हजार ३२७ जना मतदाता रहेकामा (क) मा ४९६ मत र (ख) मा ५०५ मत मात्र खसेको उक्त (क) बुथमा मतदान अधिकृत श्रेष्ठको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.