|

इलाम : जिल्लाका १० वटै पालिकामा मतपेटिका मतगणनास्थलमा आइपुगेका छन्। मतगणना सुरु गर्ने बारेमा सर्वदलीय बैठक बस्दै छ।

 इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा सर्वदलीय बैठक सुरु भएको जानकारी प्राप्त भएको छ।

११ बजेबाट मतगणनाको कार्य सुरु गरिने भएको छ। इलाममा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ। जिल्लामा ६९ प्रतिशत मतदान भएको छ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार इलाममा १ लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरेका छन्। जसमा पुरुष ७९ हजार ८ सय ४ र महिला ७५ हजार १ सय ५१ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.