|

झापा :  झापामा ७०.४७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ।

अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो। यसवर्ष मतदाताको सङ्ख्या बढे पनि त्यस भन्दा २ प्रतिशत मत कम खसेको निर्वाचन कार्यालयले जनाएको छ। यता मतपेटिका संकलनको काम सकिएसँगै जिल्लाका अधिकांश पालिका आजै रातीदेखि मतगणना कार्य सुरु हुने बताइएको छ।

केही पालिकामा अझै पनि मतपेटिका बुझाउने काम भइरहेको छ। बुझाइसकेका पालिकामा अहिले मतगणनाको लागि सर्वदलीय बैठक बस्ने तयारी अवस्थामा रहेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए। जिल्लाको ६५८ विभिन्न पदका लागि २७८५ जनाले उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.