|

धनगढी : कैलालीमा स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदान कार्यमा ६५ प्रतिशत अर्थात ३ लाख ४१ हजार ३ सय ३२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले जानकारी दिए।

अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी छ। सबै ठाउँबाट मतपेटिका संकलन भएपछि यकिन तथ्यांक थाहा हुने उनले बताए।

धनगढीको मतगणना भोलिमात्रै हुने
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना भोलिदेखि सुरु हुने भएको छ। मतपेटिका संकलन लगायतका काममा समय लाग्ने भएकाले मतगणना शनिबार बिहान ९ बजेदेखि हुने बताइएको छ। रातीसम्ममा सबै वडाबाट मतपेटिकाहरू संकलन गरेर धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा राख्ने काम सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी छ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार धनगढी उपमहानगरपालिकामा ६५ प्रतिशत भन्दा बढी मत खसेको छ। अहिले मतपेटिका संकलनको काम जारी रहेको बताउँदै धनगढीमा कुल ९३ हजार मध्ये करीब ६० हजार बढि मत खसेको उनले बताए। जुन कुल मतदाताको ६५ प्रतिशत हो। 

धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.