|

काठमाडौं :  स काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई कारबाही गरेको छ।

आज निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाई क्षमायाचना गर्न निर्देशन दिएको थियो।

तीमध्ये आठवटा सञ्चारमाध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उप प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

सञ्चारमाध्यमले भूल सुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ती स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले बताए। ती सञ्चारमाध्यमले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनामा सजग रहने प्रतिवद्धतासमेत जनाएका छन्। तर केही सञ्चारमाध्यमले मौखिक रूपमा भूल सुधारको प्रतिबद्धता जनाए पनि भूल सुधार गरेको भने पाइएन। त्यस्ता सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीमा काउन्सिलले विशेष अनुगमन जारी राखेको छ।

काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चारमाध्यममध्ये आचारसंहिता विपरीतका सामग्री सम्प्रेषित गरेका सञ्चारमाध्यमलाई तत्काल हटाउन पत्र र फोन मार्फत निर्देशन दिएको थियो। काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ।

यस्तै यो अवधिमा दर्ता÷सूचीकरण नभएका १८ वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ। अनुगमनका क्रममा सञ्चारमाध्यमसँग आबद्धता रहेको नदेखिएका चारवटा युट्युब च्यानललाई निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गरेका कारण अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोमा पत्राचार गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.