|

काठमाडौं : मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जितेका छन्। यससँगै नेकपा एमालेले पालिका प्रमुखमा जितको खाता खोलेको हो।

उनी ३२० ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए।

घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए। उनी २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर विजयी भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मार डोल्मा लामा विजयी भएकी छिन्। उनले ३२५ मत ल्याउँदा एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन्।

गाउँपालिकाका वडा नम्बर १को अध्यक्षमा एमाले र २ बाट कांग्रेसका वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा ३  र ४ मा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। ५ मा भने दुवै दलका उम्मेदवारले ३०–३० मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.