|

काठमाडौं : मनाङको नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ। 

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका हुन्। उनी १५८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाए। ४८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत  मात्र खसेको थियो। यसमध्ये ३५ मत बदर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.