|

गण्डकी : पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी गरिएको छ। मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान सर्वदलीय बैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए। 

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको छ। सर्वदलीय बैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन्। शुक्रबार सम्पन्न निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.